मुख्य सामग्रीमा जानुहोस्
१४ मंसिर २०८३, सोमबार
१४ मंसिर २०८३, सोमबार

‘पुष्पा २’ डिसेम्बर ५ देखि हलमा रिलिज हुने

शेयर००

‘पुष्पा २’ डिसेम्बर ५ देखि हलमा रिलिज हुनेछ। दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ रि-रिलिज हुने भएको छ। 

फिल्मका निर्माताहरूले ‘पुष्पा २’ प्रदर्शन हुनुअघि ‘पुष्पा’ रि-रिलिज गर्न लागेका हुन्। गोल्डमाइन्स टेलिफिल्म्सको अफिशियल एक्समा ‘पुष्पा’ को टिजर रिलिज गर्दै फिल्म २२ नोभेम्बरदेखि प्रदर्शन हुने जानकारी दिइएको छ। यस घोषणापछि अल्लू अर्जुनका फ्यान उत्साहित भएका छन्। 

हालै ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलरलाई दर्शकले निकै रूचाएका छन्। 

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

लोकप्रिय

ट्रेन्डिङ