रौतहटको फतुवा विजयपुर नगरपालिकामा पैनीमा डुबेर ३ बर्षिय बालिकाको मृत्यु भएको छ ।
शुक्रबार रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर १० दुधिअवाका ३ बर्षिय बालिका अनुष्का चौधरी घर नजिकै रहेको बढकी पैनीमा पौडी खेल्न जादा सो पैनीले बगाएर मृत्यु भएको स्थानिय रञ्जन खरेलले बताउनु भयो ।
पौडी खेल्न गएका अनुष्का लामो समयसम्म घर नफर्किएपछि बुवा रुपेश चौधरीले खोजी गर्ने क्रममा सोही पैनीको घाटबाट ४०० मिटर तल मृत अबस्था फेला परेको खरेलले बताउनु भयो । अनुष्का एक्ले सो पैनीमा पौडी खेल्न गएका थिए । मृतक बालिकाका बुवा आमा भने खेतमा रोपाइ गर्न गएका थिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।