मुख्य सामग्रीमा जानुहोस्
१४ मंसिर २०८३, सोमबार
१४ मंसिर २०८३, सोमबार

प्रतिबन्धीत लागु औषधसहित पर्साबाट एक जनालाई पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, पुस २६ गते रौतहट ।

प्रतिबन्धीत लागु औषधसहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ आशवारी निवासी १९ वर्षीय पृथ्वी सिँह कुर्मी रहेका छन्।

पैदल हिँडिरहेका कुर्मीलाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको चामलको बोराभित्र लुकाईछिपाई ल्याइएको नुफ्रिन २ सय ५० एम्पुल, डाइजीपाम २ सय ५० एम्पुल र फेनारगन २ सय ५० एम्पुल गरी जम्मा ७ सय ५० एम्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

लागुऔषधसहित पक्राउ परेका कुर्मीलाई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भईरहेको उनले पर्सा प्रहरी प्रवक्ता खनालले बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

सम्बन्धित समाचार

लोकप्रिय

ट्रेन्डिङ