मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

प्रधानमन्त्री चढेको हेलिकप्टर ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्द

शेयर००

 इलामको सन्दकपुर गाउँपालिकाको जौबारीमा स्थापित प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ । मौसममा खराबी आएपछि प्रधानमन्त्री ओली चढेको हेलिकप्टर इलाममा ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्द गरिएको हो । 

कार्यक्रम रद्द भएसँगै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा भेला भएका कार्यकर्ता, स्थानीय, जनप्रतिनिधिलगायतका सहभागी निराश भएर फर्किएका छन् । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा परिचालित गरिएको थियो । 

कार्यक्रमका लागि स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालय प्रमुख, पत्रकार, स्थानीय गरी पाँच सयभन्दा बढीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । 

नेपाल–भारतको सीमा क्षेत्र निरीक्षणका लागि माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सिमानामा पर्ने जौबारीमा प्रधानमन्त्री ओली दिउँसो एक बजे आउने समय तय भएको थियो । 

पालिकाकी उपाध्यक्ष शोभा पराजुलीले भन्नुभयो, ‘मौसमको कारण देखाउँदै हेलिकप्टर विराटनगरमा ल्याण्ड भएपछि कार्यक्रमलाई प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्बोधन गर्दै समापन गर्नुभयो ।’

गएको मङ्सिर ५ र ७ गते तय भएको कार्यक्रम दुई पटक रद्द गरी आइतबारका लागि समय तय भएको थियो । मौसमले साथ नदिएपछि ओली जौबारी आइ नपुगेको बताइएको छ । 

इलाममा एक बजे आइपुग्ने भनिए पनि ताप्लेजुङबाट कार्यक्रम सकेर प्रधानमन्त्री ओली सवार हेलिकप्टर एक बजे मात्रै इलामतर्फ उडेको उपाध्यक्ष पराजुलीले बताउनुभयो ।  

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।