मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

प्रभु साहको कार्यक्रममा सरकारी गाडीको दुरुपयोग

शेयर००

शहरी विकास मन्त्री प्रभु साहको कार्यक्रममा सरकारी गाडी प्रयोग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहको रौतहटको गरुडामा आज भएको कार्यक्रममा सरकारबाट अनुदानमा पाएको एक गाडीको प्रयोग गरी दुरुपयोग गरिएको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कार्यालय गरुडाबाट अनुदान प्राप्त पिकअप गाडीमा डिजे बाजा राखिएको र अगाडि पार्टीको झण्डा समेत झुण्डयाएको प्रस्ट देखिएको छ ।

सरकारले तरकारी खेती गर्ने किसानहरुलाई तरकारी ढुवानीका लागि मात्रै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कार्यालय गरुडा मार्फत अनुदानमा पिकअप गाडी दिएको छ तर आज गरुडामा भएको कार्यक्रममा उक्त पिकअप गाडीमा नै डिजे बाजा राखेर ल्याएर गाडीको दुरुपयोग गरेको पाइएको छ ।

सम्बन्धित निकायको वेवास्ताका कारण पछिलो समय सरकारी गाडीको जिल्लामा दुरुपयोग हुँदै आएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।