मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

प्रहरीको बिरुद्ध समाचार लेखेपछि पत्रकारलाई लागु औषध कारोबारमा फसायौ

शेयर००

प्रकाश श्रेष्ठ कटहरिया रौतहट भदौ ५ गते

6-1-1024×635-1

रौतहटमा प्रहरीको बिरोधमा समाचार लेखेपछि एक अनलाईका संचालक तथा पत्रकारलाई प्रहरीले लागु औषध कारोबारमा फंसाएको रहस्य खुलेको छ । प्रहरीको बिरोधमा एक स्थानीय अनलाईन न्युज पोर्टलमा समाचार आएपछि समाचार लेख्ने पत्रकारलाई सादा पोसाकका प्रहरीले फंसाउन उनले चढने गरेको मोटर साईकलमा लागु औषध राखेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले रिसिवी साधेर निर्दोष व्यक्तिहरुलाई फसाउने कार्य गरेको पुष्टी भएको छ । साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएको छ ।
प्रहरीको बिरोधमा समाचार लेखेको भन्दै पत्रकार मुजिबुल्लाह र अर्का एकजनालाई प्रहरीले साउन ३२ गते पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यलय रौतहटले सादा पोसाकमा परिचालन गरेका घुमुवा असइ उदय यादवको नेतृत्वमा रहेको प्रहरीटोलीले होटेल बाहिर पार्किङ गरि खाजा खान गएका व्यक्तिको मोटरसाइकलमा सो नाइट्राभेट राखेको भिडियोमा देखिएको छ । असइ उदय यादव तथा प्रहरी जवान मनोज साहले दुई युवाहरुलाई प्रयोग गरी आफ्नै निगरानी तथा प्रत्यक्ष उपस्थीतिमा सो लागु औषध मोटरसाइकलमा राख्न लगाएका हुन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।