मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

प्रेस युनियन रौतहटको छैठौ अधिबेशन सम्पन्न

शेयर००

रबिन्द्र प्रजापति, असार ०२ गते रौतहट ।
नेपाल प्रेस युनियन रौतहट शाखाको छैठौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा स्थित होटेल ए एन प्लाजाको सभा हल्लमा एक कार्यक्रमका बिच छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेश रिजाल प्रमुख अतिथ्य एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवपुरीको बिशेष उपस्थितिमा सो अधिवेशन सम्पन्न भएको छ ।

अधिबेशनले प्रिमेश शिवाकोटीको नेतृत्वमा १३ जना कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।
नेपाल प्रेस युनियन रौतहट शाखाको नयाँ कार्यसमितिको अध्यक्षको पदमा प्रिमेस सिवाकोटी चयन हुनु भएको छ ।
दिप्पु मिश्र खुल्ला उपाध्यक्ष, राजेशश्वर पाण्डे समाबेशी उपाध्यक्ष, सागर हुमागाई सचिवको पदमा चयन भएको छ ।

प्रेस युनियन रौतहटको छैठौ अधिबेशन सम्पन्न

त्यस्तै, राम प्रकाश चौधरी सह सचिव र महिलामा लक्ष्मी दहाल बस्नेत कोषाध्यक्षमा चयन हुनु भएको छ । सदस्यहरुमा राजेश पौडेल, बिष्णु अचार्य, बिबेक चौधरी, मोहम्द मोजबुल्लाह, मनोज यादव, मोहम्द आजिर आलम, प्रेम यादव चयन भएको छ । कार्यक्रममा पूर्व प्रेस युनियनका अध्यक्ष यादवपूरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य संजय कार्की, नेपाल प्रेस युनियन मधेश प्रदेशका लेखा समिति सदस्य रन्जन खरेल, कटहरिया नगरपालिकाका प्रेस युनियन संयोजक प्रकाश श्रेष्ठ, लगाएत प्रेस युनियनका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रेस युनियन रौतहटको छैठौ अधिबेशन सम्पन्न

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।