मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

बलेरो पिक अपमा गाडी सहित काठ बरामद

शेयर००
1786340092158438419_1327678987630943_7119380486455164709_n
डिभिजन वन कार्यालय रौतहटका निमित्त डिभिजन बन अधिकृत अमरदेव प्रसाद यादबको नेतृत्वमा गएको टोलीले मंगलबार विहान धन्सार जंगलसहिया सडक खण्डबाट गाडी सहित काठ बरामद गरेको हो ।

जंङ्गसहिया साझेदारी बन जंगलबाट साल जातको रुख काटी टुन टुक्रा पारीएको गोलिया बरामद गरेको छ । ना.२ च.८१९१ नम्बरको बलेरो पिक अपमा लोड गरिएको एक थान अन्दाजी ५.३९ क्यु.फिट काठ बरामद गरिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

धन्सार जंगलसहिया सडक खण्ड हुँदै गाउँ तर्फ लगिरहेको अबस्थामा बिहान २.३० बजेको समयमा गाडी सहित काठ बरामद गरिएको निमित्त डिभिजन बन अधिकृत अमरदेव प्रसाद यादबले जानकारी दिनुभयो । वन गस्ती टोलिले रौतहट कटहरिया नगरपालिका वडा न.४ बस्ने  गाडिको चालक मेतु दासलाई पनि पक्राउ गरेको छ ।
गाडी , काठ र मानिसलाई आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालयमा राखिएको र अनुसन्धान भै रहेको वन कार्यालयले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।