मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

बागलुङको गलकोटमा सरकारी गाडी दुर्घटना : ३ जनाको मृत्यु

शेयर००

भदौ २८ गते । रौतहट ।
बागलुङको गलकोटमा सरकारी पिकअप गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
आज बिहान लगभग पौने ९ मा बागलुङ गलकोट नगरपालिका(२ भुङखानी स्थित मध्यपहाडी लोकमार्गमा गाडी सडकबाट तल खसेको हो।

रा.१.झ.२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए। गाडीमा सवार २ महिला र १ पुरुषको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ।

१ जना घाइते अवस्थामा फेला परेका र उनको थप उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ। घाइते तथा मृतकको पहिचान भने हालसम्म खुलेको छैन।

शव भीरको अप्ठ्यारोमा रहेको र उद्धार कार्यका लागि प्रहरी घटनास्थलमा पुगेको जनाइएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।