मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बाघको आक्रमणबाट एक घाइते

शेयर००

 रौतहटमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ पौराइका हित बहादुर कुस्वार सोमबार साझ पौराइको जंगलमा निउरो साग टिप्न जादा अन्दाजी ४० बर्षिय कुस्वारलाई बाघले आक्रमण गरेको हो ।

1416697779gun

आक्रमणमा परेका कुस्वारको हातको कुइनोमा बाघको नङग्राले कोतारीएको स्थानिय सन्तोष श्रेष्ठले बताउनु भयो । घाइते कुश्वारको चन्द्रपुर—१ बागमतिस्थित नुनथर हस्पिटल प्रा.लि.मा उपचार भइरहेको प्रहरी चौकी पौराईका असई नवीन कपरले जानकारी दिनु भयो । अहिले कुस्वारको अबस्था सामान्य रहेको बताइएको छ ।

रौतहटको चन्द्रपुरमा यसअघि  पनि बाघको आक्रमणबाट चन्द्रपुर—६ चिम्नी टोलका संगम भण्डारीको निधन भएको थियो भने २ जना घाईते भएका थिए ।
 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।