मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बाराबाट गाँजा बरामद

शेयर००

बौधिमाई न्यूज डेस्क, फागुन २८ गते रौतहट ।
बारामा भारी मात्रामा लागु औषध गाँजा बरामद भएको छ ।
जिल्लाको सुवर्ण गाउँपालिकास्थित सनफुलवाबाट सशस्त्र प्रहरी बल नेपालले ४५ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको हो । तस्करहरुले सनफुलवा नाकामा प्रहरीलाई देख्नसाथ गाँजा फाली फरार भएका थिए ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरको निर्देशनमा नेपालबाट भारततर्फ तर्फ तस्करी गरेर लाग्ने क्रममा उक्त परिणाममा गाँजा बरामद गरिएको हो ।
जफत गरिएको गाँजा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको प्रहरी नायब महानिरीक्षक मगरले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।