मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बाराबाट लागुऔषध सहित एकजना युवक सशस्त्र प्रहरीको फन्दामा

शेयर००

रबिन्द्र प्रजापति, माघ ०७ गते रौतहट ।
बाराबाट लागुऔषध सहित एकजना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । बिहिबार अपरान्ह करिब साढे ३ बजेको समयमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ३ मुसर्वा चोकमा बि.ओ.पी. बरैनिया र प्रहरी चौकी बलिरामपुरबाट खटेको प्रहरी टोलीले भारतबाट आउदै गरेको बा ७३ प ८५९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा विन सिरेक्सा डाइलेक्स डिसी २ झोला बरामद गरेको सशस्त्र प्रहरी बरैनियाले जनाएका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरका २१ वर्षीय कृशिस गुरुङ्ग रहेको सशस्त्र प्रहरीले जनाएको छ पक्राउ परेका गुरुङ्ग र लागुऔषध तथा मोटरसाइकल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बरैनियाले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।