पुस ०८ गते बारा । बारामा गोली दागेर एक व्यवसायीको हत्या भएको छ । भारतीय व्यापारी शिवपुजन यादवको हत्या भएको हो ।
शुक्रबार साँझ बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसल नजिक उनीमाथि गोली प्रहार भएको हो। मोटरसाईकलमा आएका दुई जना अज्ञात व्यक्तिले गोली दागेर भागेका थिए ।
गोली प्रहारबाट गम्भीर घाइते भएका व्यवसायी यादवको उपचारको क्रममा स्थानीय एलएस न्युरो अस्पतालमामृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गोली कसले किन प्रहार गरि उनको हत्या गरेको विषयमा थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।
बारामा गोली दागेर एक व्यापारीको हत्या

प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।