मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बारामा झुण्डिएका एक जनालाई जीवितै उद्धार

शेयर००

बारा । मंसिर १६ गते ।

बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरस्थित पानीट्यांकीमा पासो लगाएर झुण्डिएका एक जनाको जीवितै उद्धार भएको छ ।

सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिक अन्दाजी ४० वर्षीय धिरेन्द्र चौधरीको शनिबार जीवितै उद्धार गरेको हो ।


निर्माणधीन पानी ट्यांकीमा काम गर्दै आएका चौधरी झण्डै ३४ मिटर अग्लो पानीट्यांकीमा झुण्डिएका थिए । चौधरीसँगै काम गर्दै आएका अर्का मजदुरले उनले लगाएको पासो खोलेपनि उद्धार गर्न नसकेपछि स्थानीयलाई जानकारी गराएका थिए ।

त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बारा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वालाई जानकारी प्राप्त भएको थियो । लगत्तै उद्धार सामाग्रीसहित खटिएको टोलीले जीवितै उद्धार गरेको सशस्त्र प्रहरी बलका डीएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।