मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बारामा मोटरसाईकल चोरी गर्ने चोर १२ घण्टा नबित्दै पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, मंसिर १३ गते रौतहट ।

बारामा घरबाटै मोटरसाइकल चोर्ने चोरलाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब साढे १२ बजेको समयमा जिल्लाको जीतपर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित बकुलिया रोड बस्ने जोखन पण्डितको घरबाट मोटरसाइकल चोरी भएपछि प्रहरीले १२ घण्टा नबित्दै चोरलाई समातेको छ ।

पक्राउ पर्नेमा बाराको कोहल्वी नगरपालिका वडा नं. ६ का २० वर्षीय श्यामबाबु चौधरी रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । चौधरी २२० सिसिको पल्सर मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा जीतपुरसिमरा उपमहानगरपालिका वडा न.११ स्थित आमाटार भन्ने स्थानबाट पक्राउ गरिएको हो ।

प्रहरीले चौधरीले चोरी गर्न आउदा प्रयोग गरेको ना.२३ प.८४४६ नम्बरको मोटरसाईकल समेत समातेको जनाएको छ ।

चौधरीमाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ । घटनामा संलग्न एकजना फरार भएको उनको खोजी समेत भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।