रबिन्द्र प्रजापति, साउन १ गते रौतहट ।
बारा जिल्लाको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिवार राति दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–०२०प ४१७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।
मृत्यु हुनेमा सर्लाहीको सेखौनाका अन्दाजी २८ वर्षीय अरविन्द कुमार कुशवाहा रहेको प्रहरीले जनाएका छ ।
मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ वर्षीय रामबाबु साह र पछाडि सवार अरविन्द कुमार कुशवाहा घाइते भएका थिए ।
घाइते भएका दुबैजनालाई उपचारको लागि राजलक्ष्मी अस्पताल कलैयामा लगेकोमा उपचारको क्रममा कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै साहलाई थप उपचारको लागी न्युरो अस्पताल वीरगन्ज पठाइएको छ । फोटो फाइल
बारामा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु, एक जना घाईते

प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।