मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बारामा विद्युत सवस्टेशनको पर्खाल खस्दा एकजनाको मृत्यु

शेयर००

पुस २३ गते बारा । बारामा विद्युत सवस्टेशनको पर्खाल खस्दा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको विद्युत प्राधिकरणको सवस्टेशनको पर्खाल खस्दा काभ्रेको पनौती नगरपालिका–९ का ३० वर्षीय सुनिल राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठेक्कामा काम गर्ने राईले कन्ट्रोल रुमको पर्खालको इँटा फुटाउने क्रममा पर्खाल खस्दा उनी घाइते भएका थिए।
उपचारको लागि उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।