मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

बिभिन्न मितीमा बरामद घरेलु मदिरालाई रौतहट प्रहरिले ग¥यो नष्ट

शेयर००

रौतहटमा प्रहरिले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

अबैध रुपमा सञ्चालन रहेको घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा विभिन्न स्थानहरुबाट वेवारीसे अवस्थामा फेला पारेको अबैध घरेलु मदिरा बरामद गरिएका सो अबैध मदिरा शुक्रबार नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयमा सो मदिरा विभिन्न प्रहरी इकाइहरुले जिल्ला दाखिला गरेका थिए ।

लामो समयसम्म उक्त अबैध घरेलु मदिरा गन्हाई दुर्गन्धीत भएकोले सो मदिरा शुक्रबार आज मिति जिल्ला प्रहरी कार्यालय रौतहट प्राङगण भित्र रहेको पोखरीको किनारमा पोखी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।