मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

बृन्दावन नपा को पाँचौ नगरसभा सम्पन्न

शेयर००

रौतहटको बृन्दावन नगरपालिकाको पाचौ नगर सभा आइतबार शुरु भएको छ । रौतहटको बृन्दावनमा सम्पन्न पाचौ नगर सभाले ५५ करोड ४६ लाख अनुमानित बजेत विनियोजन गरेको छ ।

संघिय सरकारतर्फबाट सशर्त अनुदान २१ करोड ६ लाख । वित्तिय सामान्यीकरणतर्फ १२ करोड ८५ लाख राजस्वतर्फ ९ करोड ४८ लाख ३३ हजार रकम विनियोजन गरेको बृन्दावन नगरपालिकाले जनाएको छ ।

त्यसैगरि प्रदेश २ सरकारतर्फ सशर्त अनुदान ८५ लाख , वित्तिय सामान्यीकरण ८७ लाख , राजस्वतर्फ ३५ लाख , अनुदान २० दाख र बिशेष अनसदानतर्फ ३० लाख रकम नगर सभाले विनियोजन गरेको हो । नगरपालिकाले यस बर्ष आन्तरिक आम्दानी भने ८० करोड संकलन गर्ने जनाएको छ । रौतहटका १८ स्थानिय तहहरुमध्ये ३ ओटाले असार ९ गते र ११ ओटा पालिकाहरुले असार १० गते नै नगर सभाको शुरु गरिसकेका छन ।

रौतहटका ४ ओटा नगरपालिकाले नगर सभा शुरु गर्न सकेको थिएन तर आइतबार बृन्दावन नगरपालिकाले आफ्नो पाचौ नगर सभाको शुरुवात गरेसँगै रौतहटका ३ ओटा नगरपालिका गरुडा , बौधीमाइ र देवाही गोनाही नगरपालिकाको नगर सभा भने अन्यौलमा नै रहेको छ । 
 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।