मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने १० जना पर्साबाट पक्राउ

शेयर००

पर्साको ग्रामीण क्षेत्रका पेट्रोल पम्पबाट खरिद गरेर भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा उनीहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।पेट्रोलियम पदार्थ तस्करीमा स‌ंलग्न रहेका भारत विहार मोतीहारी पूर्वी चम्पारण भेलाहीका मनोज गुप्ता, ईदरिश मिया र प्रिन्स साह छन्

त्यस्तै पेट्रोलियम पदार्थ तस्करी गर्ने क्रममा प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका–२ का सागिर आलम, रामानन्द राम, रविकुमार साह, मुनी साह तेली, जालिम गद्दी, राजकुमार कुर्मी र आश महम्द राउत गद्दीलाई पनि पक्राउ गरेको हो ।उनीहरूको साथबाट प्रहरीले तस्करीमा प्रयोग गरिएका साइकलसहित पेट्रोलियम पदार्थसमेत नियन्त्रणमा लिएको छ ।

पेट्रोलियम पदार्थ भारततर्फ तस्करीमा संलग्न रहेका धोबिनी गाउँपालिका–५ लंगडीको इस्लाम आयल स्टोर, जगरनाथपुर गाउँपालिका–२ स्थित विशमिल्लाह आयल स्टोर र वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित तिवारी आयल स्टोरलाई कारबाहीका लागि नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जमा पठाइने पर्साका प्रहरी उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।