मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

भारतबाट आयातित गुणस्तरहिन रसायनिक मल चर्को मुल्यमा किन्नुपर्दा रौतहटका किसान मर्कामा

शेयर००

नेपाल सरकारले बेलैमा रसायनिक मलको आयात गर्न नसक्दा रौतहटका किसानहरु मर्कामा परेका छन । धानबालीको समयमा रसायनीक मलको अभाव खेपेका किसानले गहँु बालीको समयमा पनी सोहि समस्या खेप्नुपर्ने देखिएको छ ।

नेपालले पर्याप्त मात्रामा मल आयात गर्न नसक्दा यहाँका किसानले गुणस्तरहिन रसायनिक मल खरिद गर्नु परेको गुनासो गरेका छन । जिल्लाको कटहरिया, गुजारा, फतुवा, हर्षाहा लगाएतका पालीकाहरुमा रसायनिक मलको अपर्याप्ताका कारण किसानले चर्को मुल्यमा कोईला, ढुंगा तथा अन्य फोहोर मिसिएको भारतबाट आयातित डिएपि मल खरिद गर्नुपरेको दुखेसो पोखेका छन ।

त्यसैगरि बंकुल, नरकटिया, राजपुर लगाएतका किसानले बलुवा, गिट्टि मिसिएको कमसल पोटास मल केहि ब्यक्तिहरुले भारतिय बजारबाट लुकाई छिपाई साईकलमा ल्याएर किसानलाई चर्को मुल्यमा बेच्ने गरेको बताएका छन । गहुँ, मकै, मुसुरो, तोरि लगाएतका बालीका लागी मलको अभाव भएपछि यहाँका किसानहरु प्रसासनिक निकाय तथा सरकार प्रति आक्रोसित भएका छन ।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनीले समयमै गुणस्तरिय मल उपलब्ध गराउन नसक्दा आफुहरुले ईट्टा, ढुंगा, बालुवा, कोईलाको टुक्रा तथा धुलो मिसिएको गुणस्तरहिन डिएपि, पोटास, युरिया जस्ता ररायनिक मल ३२ सय सम्म मुल्य तिरेर किन्न बाध्य हुनुपरेको यहाँका किसानको गुनासो छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।