मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

भारतबाट नेपाल ल्याइ राखेको साढे ७ लाख भन्दा बढीको कपडा धनुषामा बरामद

शेयर००

रबिन्द्र प्रजापति, पुस १५ गते रौतहट ।

भन्सार छली गरी भारतबाट नेपाल ल्याइ राखेको साढे ७ लाख भन्दा बढीको कपडा बरामद गरिएको छ ।

मंगलबार राति धनुषाको विदेह नगरपालिका वडा नं. १ मैनाथपुर स्थित राम सतिश चौधरीको घरमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लत्ताकपडा तथा हाडवयरको सामानहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

चौधरीको घरमा भन्सार छली गरेर ल्याएको सामानहरु स्टोर गरी राखेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले घरभित्र तलासी गर्दा पलास्टिक र जुटको बोरा भित्र ९२ पिस कुर्ता सुरूवाल सुट, ९९ थान साडी, ४२ थान पाईन्टको कपडा, २२४ पिस रेडिमेट सर्ट पाईन्ट, ३८४ पिस सुतीको साडी, १४ थान सर्टको कपडा, बल्ब सेट २९७ पिस, फलाममा प्वाल पार्ने मेसिन एउटा, मोबाईल चार्जर सेट ५०० पिस, चिम फिट गर्ने मेसिन १ थान बरामद गरिएको जिथल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद गरिएको सामान ७ लाख ५५ हजार ९५५ मुल्य बराबरको रहेको प्रवक्ता बस्नेतले जानकारी दिएका हुन् ।

नियन्त्रणमा लिइएका सामग्रीहरु कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।