मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्ता सिरहबाट पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, २८ गते बैशाख रौतहट । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्ता पक्राउ परेका छन् । मौन अवधि सुरुभएपछि मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका–२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन्। पक्राउ परेका लामाको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको सिरहा प्रहरीले जनाएको छ स्थानीयहरुले लामालाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन्। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको जनाए। गोलबजार नगरपालिकामा माओवादीबाट मेयरमा देवनाथ साह उम्मेदवार बनेका हुन्। सभार टुडेपाटी

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।