मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

मलंगवा स्थित एक विद्यालयमा एक अपरिचित युवकको शव फेला

शेयर००

साउन २१ गते सर्लाही। सर्लाहीको मलंगवा स्थित एक विद्यालयमा एक अपरिचित युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्ण देवी माध्यमिक विद्यालयमा आज बिहान अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए ।

उनका अनुसार स्थानीयले शवदेखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए । मृतकको शवमा कुनै प्रकारको घाउचोट नदेखिएको छैन ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।