मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

महोत्तरीबाट स्रोत नखुलेको नेपाली रुपैयाँ सहित युवक प्रहरीको फन्दामा

शेयर००

रबिन्द्र प्रजापति, चैत १७ गते रौतहट ।
स्रोत नखुलेको झण्डै ८ लाख नेपाली रुपैयाँ सहित महोत्तरीबाट एक युवक पक्राउ परेका छन् ।
बुधवार दिउँसो करिब २ बजे दासलाई सम्सी गाउँपालिका ६ स्थित सडकमा भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा ७ लाख ९१ हजार नेपाली रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्लाको औरही नगरपालिका वडा नं. ५ का २० वर्षीय विरेन्द्र कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बरामद गरिएको रकम सहित युवकलाई आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको प्रवक्ता विष्टले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।