मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

महोत्तरीमा बुहारी र सासुबीच कुटाकुट र झगडा हुँदा बुहारीले सासुको लियो ज्यान

शेयर००

रबिन्द्र प्रजापति, मंसिर २४ गते रौतहट ।

महोत्तरीमा बुहारी र सासुबीच कुटाकुट र झगडा हुँदा बुहारीले सासुको ज्यान लिएको छ

मटिहानी नगरपालिका ७ निवासी विन्देश्वर खत्वेको श्रीमति ६० वर्षिया जगतारण देवीको उनकै कान्छा छोरा उमेश खत्वेका श्रीमती ३७ वर्षिया तेतरी देवी खत्वेले कुटेपछि मृत्यु भएको हो ।

सासु र बुहारीबीच कुटाकुट र झगडा हुँदा बुहारीले सासुलाई कुटपिट गरेकी छन् । कुटपिटबाट शरीरको विभिन्न भागमा चोट लागेको र लौरोले टाउकोमा समेत चोट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले घटना वारे विहिवार बिहान ३ः३० बजे खबर आएकोमा सोहि बेला प्रहरी पुगि बुहारीलाई नियन्त्रणमा लिएको बताए ।

उनले मृत्युको यकिन कारण अहिले खुलिनसकेकोमा पोष्टमार्टम रिपोर्ट आएपछिमात्र केहि भन्न सकिने बताए ।

यता शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।