मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

महोत्तरी: विवाहको गाडीमा तोडफोड गर्दै गरेको अवस्थामा चाइनिज पेस्तोल र गोलीसहित एक युवक

शेयर००

रबिन्द्र प्रजापति, बैशाख ०८ गते रौतहट ।
बधुवार साँझ महोत्तरीको डाँडाटोल स्थित विवाहको गाडीमा तोडफोड गर्दै गरेको अवस्थामा प्रहरी चौकी औरही तथा हातिलेटबाट खटिएको प्रहरी टोलीले अटोमेटिक चाइनिज पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोल बस्ने २८ वर्षीय लालबाबु भण्डारी रहेको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनाएको छ।
पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले १ थान अटोमेटिक चाइनिज पेस्तोल, सो को म्याग्जीन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली १ थान बरामद भएको छ । पक्राउ परेका भण्डारीलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।