मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

माओवादी केन्द्र परित्याग गरेका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा चयन

शेयर००


जनकपुरधाम, कार्तिक २९ गते ।

नेकपा माओवादी केन्द्र परित्याग गरेका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा चयन भएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले उनलाई आइतबार सचिवालय सदस्य बनाएको हो ।

समाजवादीको आइतवार बसेको केन्द्रीय कमिटी बैठकले झालाई केन्द्रीय सदस्यमा मनोनित गरी सचिवालयमा राख्ने निर्णय लिएको हो।

समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमालेबाट आएका वंशीधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटी सदस्य बनाउने निर्णय गरिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।