मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

मावि भसेढवाका प्रधानाध्यापकले शिक्षक कपिलदेव यादवलाई भव्य स्वागतका साथ गराए हाजिर

शेयर००

रौतहट ०२ गते भदौ
मावि भसेढवामा अंग्रेजी शिक्षक कपिलदेव यादवलाई प्रधानाध्यापक राममंगल यादवले भव्य स्वागतका साथ हाजिर गराएका हुन् । श्री जनता माध्यमिक विद्यालय कटहरियामा कार्यरत अंग्रेजी शिक्षक यादव आजदेखि भसेढवा माध्यमिक विद्यालयमा हाजिर हुनुभएको छ।

 

विद्यालयका प्रधानाध्यापक यादवले खादा(माला लगाएर उहाँलाई स्वागत गर्दै कार्यभार सम्हाल्न लगाउनु भएको हो । प्रधानाध्यापक यादव अब केही महिनामा अवकाशप्राप्त हुन् लाग्दा शिक्षक यादवलाई हाजिर गराएका हुन् । प्रधानाध्यापक यादव अवकाशप्राप्त नहुन्जेलसम्म शिक्षक यादवलाई शिकक्षको रुपमा गराएका हुन् ।

 

यस अवसरमा कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव, कटहरिया बहुमुखी क्याम्पसका लेखा प्रमुख रामनिवाश प्रसाद यादव लगायतका समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका नेकपा माओवादी वडा कमिटीका अध्यक्ष प्रेम शंकर प्रसाद यादवले नयाँ शिक्षकले विद्यालयको शैक्षिक गुणस्तरमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

 

त्यस्तै, युवा समाजसेवी दिपेन्द्र कुमार दास र महिला किसान बहुउद्देश्य सहकारी संस्थाका साखा प्रबन्धक नायक बिवेकले पनि शिक्षक यादवलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरका थिए । स्वागत कार्यक्रममा विव्यस का सदस्य रामकमोध यादव, समाजसेवी रामपुकार प्रसाद यादव र सन्तोष प्रसाद यादव पनि उपस्थिति रहेको थिए ।

 

यसैगरी, विद्यालयका अंग्रेजी शिक्षक राजु यादव र राजेश यादव लगायत भसेडवा माविका शिक्षकहरूको उपस्थिति रहेको थियो । समेत स्वागत गर्दै सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनोज जयसवाल, स्थानीय भद्रभलाद्मी तथा पत्रकारको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।