मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

मुख्यमन्त्रीसँग तालमेल नमिल्दा सिके राउतको बौख्लाहट

शेयर००

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्ष सिके राउतले मुख्यमन्त्री सतिश सिंहसँग तालमेल नमिल्दा बौख्लाएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका राउतले प्रदेश सरकारमा चाहेको हस्तक्षेपमा सफल नभएपछि बौख्लाएको देखिन्छ ।

प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको बजेटमा जनमत पार्टीको हैकमले काम नगरेपछि पार्टी अध्यक्ष जस्तो व्यक्तिले गैरमर्यादित र अर्थहिन वक्तव्य दिँदै हिँडेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले टिप्पनी गरेका छन् । चालु आर्थिक वर्षमा जस्तो कानुन विपरित बजेटमा चलखेल गर्न नपाएपछि राउतले निराधार वक्तव्यबाजीमा लागेको उनले बताए ।

‘यो बजेट सरकारले ल्याएको हो र सरकारको नेतृत्व माननीय सिके राउत नेतृत्वको पार्टीले नै गरिरहेको छ’ कांग्रेस नेता यादवले भने, ‘बजेटमा कुनै त्रुटि भएको छ भने त्यसको जिम्मेवारी जनमत पार्टीकै नेता समेत रहेका मुख्यमन्त्रीजीले लिनुपर्ने होइन र ?’

विगतमा देखिएका गैरकानुनी प्रक्रियाहरुलाई नियन्त्रित गर्दै बजेट निर्माणको विधिलाई अबलम्बन गरिएको अर्थमन्त्री सुनिल यादवले बताएका छन् । उनले बजेट बनाउने र सफ्टवेयरमा इन्ट्री गर्ने प्रक्रियालाई कानुनको अधिनमा ल्याएको दावी गरे ।

 

‘सरकारले गठबन्धन दलहरुको सहमतिमा बजेटको सिलिङ तोक्ने काम गरेको थियो । निर्धारित सिलिङभित्र रहेर सम्बन्धित मन्त्रालयहरु आफैले बजेट इन्ट्री गरेको हो । जसको मोनिटरिङ स्वयम् माननीय मुख्यमन्त्रीजीले गर्नुभएको छ’ अर्थमन्त्री यादवले भने ।

नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता यादवले सरकारको नेतृत्व र नियमनको जिम्मेवारी मुख्यमन्त्रीको भएको उल्लेख गर्दै कुनै मन्त्री वा मन्त्रालयबाट कमजोरी भएपनि त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गरे । उनले चालु आर्थिक वर्षको बजेटमा जनमतको एकल बर्चस्व रहेको उल्लेख गर्दै अगामी वर्षको बजेटलाई मर्यादित बनाउने प्रयास गर्दा उत्पात मचाउन खोजिएको आरोप लगाए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।