मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

मेयर जयसवालद्वारा बिधालय भवनको शिलान्यास

शेयर००


रबिन्द्र प्रजापति, कटहरिया, जेठ ५ गते ।

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा शुक्रवार भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नं। ५ बलिरामपुरमा रहेको श्री माध्यमिक बिध्यालयमा दुई कोठे भवन निर्माणको लागी शिलान्यास गरिएको हो
प्रमुख अतिथी कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवालले शुक्रवार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो ।

p-2


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो बिधालयमा २ कोठे भवन निर्माण हुन लागेको सो बिधालयका प्रधानाध्यापक देबेन्द्र कुमार जयसवालले जानकारी गराउनु भयो ।
भवन निर्माणको लागि २२ लाख ५० हजार बजेट रहेको नगर प्रमुख जयसवालले बताए । शिलान्यास पछि छिट्टै भवन निर्माणको काम अगाडी बढाइने प्रधानाध्यापक जयसवालले बताए । मेयर जयसवालले निर्वाचित भए देखिनै आफनो नगर भरि रहेको विद्यालयहरु पठन पाठनको ब्यवस्थापन गर्दै आईरहेको छ ।

शिलान्यास कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष शशि कपुर कुसवाहा , विशिष्ट अतिथी वडा नं। ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता एवम् नेपाली कांग्रेस क्षेत्र न ३ का सभापति , वडा नं। ४ का वडा सदस्य मेराजुल हक, जदुन्न दास, रामपुकार कुसवाह लगायत स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।