मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

मोटरसाइकल एकआपसमा ठोकिदाँ बारामा दुईजनाको मृत्यु, एक जना घाइते

शेयर००

बीरगन्ज,। बाराको निजगढ नगरपालिका स्थित भमरामा आज दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

रौतहटबाट निजगढतर्फ आउदैँ गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५–००१ प ५४९७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन् ।

बलको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका छन् । घाइते उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भईरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको निजगढ प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।