मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

मोटरसाइकल चोरी गरेर भाग्दै गरेको एक जना युवक पर्साबाट पक्राउ

शेयर००
rabindra
रबिन्द्र प्रजापति, माघ १९ गते रौतहट ।

मोटरसाइकल चोरी गरेर भाग्दै गरेको एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पनेैमा वीरगञ्ज–२ का २० वर्षीय मोहम्द अली रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१५ भिष्वा चोकबाट अलीलाई मोटरसाइकल सहित पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ
बाराको फेटा गाउँपालिका–३ का ३१ वर्षीय नरेश प्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको कालो रंगको १६० सिसिको अपाचे मोटरसाइकल पार्किङ गरेर राखिएको अवस्थामा मोहम्द अलीले लक तोडेर भाग्दै गर्दा प्रहरी चौकी भिष्वाडाडाँबाट खटेका प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी प्रहरीले थप अनुसन्धान थालेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
Testing Theme

Testing Theme

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।