मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

मौलापुरमा एकैदिन साहद्धारा २ भवनको शिलान्यास तथा उद्घाटन सम्पन्न

शेयर००

मेनुका दास । बैशाख रौतहट २० गते ।

रौतहटको मौलापुरमा नगर प्रमुखद्धारा आधारभुत स्वास्थ्य चौकी शिलान्यस तथा एक बिद्यालय भवनको उद्घाटन गर्नु भएको छ । प्रदेश २ को प्रथम एवं एक मात्र महिला नगर प्रमुख रिना साहले एकैदिन स्वास्थ्य चौकी भवनको शिलान्यस तथा एक बिद्यालयभवनको उद्घाटन गर्नु भयो ।

बुधबार मौलापुर नगरपालिका – ६ पथराबुधराममा आधारभूत स्वास्थ्य चौकी भवनको शिलान्यास तथा जनता मा.वि. सोनरनियाको भवन समेतको सद्घाटन सम्पनन भएको जनाइएको छ । स्वास्थ्य सतर्कताका साथ सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख गौरी शंकर जयसवाल तथा अन्य जनप्रतिनिधिहरू, शिक्षक वर्ग, स्वास्थ्यकर्मी एवं प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह समेतको सहभागीता रहेको थियो ।

कुनैपनि समाजको मेरुदण्डको रुपमा रहेको स्वास्थ्य तथा शिक्षा जस्ता महत्वपूर्ण एवं संवेदनशील क्षेत्रमा नगर प्रमुखले विगत लामो समयदेखि खेल्दै आउनु भएको भूमिका र योग्दान सरहानीय रहेको स्थानियले बताएका छन ।,

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

सम्बन्धित समाचार

लोकप्रिय

ट्रेन्डिङ