मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

यातायात कार्यालय धनुषा बाट बिचौलिया पक्राउ

शेयर००

यातायात कार्यालय जनकपुरबाट एकजना बिचौलिया पक्राउ परेका छन् ।

आइतबार दिउँसो करिब साढे १२ बजेको समयमा जनकपुरधाम उप–महानगरपालिका १४ स्थित रहेको यातायात कार्यालय जनकपुरमा बिचौलियाको काम गरिएको गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम १९ जमुनिया बस्ने २६ वर्षीय पुनित यादव रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।