मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

युक्रेनलाई सहयोग र समर्थन जुट्दै, तीन देशका विदेशमन्त्री यही हप्ता युक्रेन भ्रमणमा जाँदै

शेयर००

काठमाडौं। फागुन १० गते
रुसले युक्रेनमा आक्रमण गर्न लागेको चर्चाकाबीच विभिन्न तीन देशका विदेश मन्त्री युक्रेन भ्रमणमा जाने भएका छन् । इस्टोनिया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लाग्नु भएको हो ।
युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरु युक्रेन जान लागेको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ ।
लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभिस्कले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूहरु युक्रेन भ्रमणमा जान लागेको पुष्टि गर्नुभएको छ । उहाँले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि युक्रेन जान लागेको जानकारी दिनुभएको छ ।
मित्र देशको दायित्वअनुसार आफूहरुले यसै हप्ता युक्रेन भ्रमण गर्न लागेको लाट्भीयाका विदेशमन्त्रीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।