मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

राजदेवीलाई पराजित गर्दै कटहरिया ३ विकेटले विजयी

शेयर००

माघ ०८ गते रौतहट । दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत आईतवार सम्पन्न भएको खेलमा कटहरिया नगरपालिकाले राजदेवी नगरपालिकालाई ३ विकेटले पराजित गरेका छन् ।
दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय अध्यक्ष कप अन्तर्गत आजको खेलमा राजदेवी नगरपालिकाले टस जितेर पहिला ब्याटिंग गरेर निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १२४ रनको योगफल तयार पार्न सफल भए ।
जवाफी ब्याटिंगमा उत्रिएका कटहरियाले २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन बनाई विजयी भएको आयोजक समितिका सदस्य वेदानन्द ठाकुरले जानकारी दिए । सभार तराईटप

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।