मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको कटहरियामा मेयर कुश्वाहा द्वारा दुग्ध उत्पादक किसानलाई क्यान बितरण

शेयर००

रबिन्द्र प्रजापति, मंसिर १० गते रौतहट ।

रौतहटको कटहरिया नगरपालिका द्वारा एक समारोहका बीच दुग्ध उत्पादक किसानलाई दूध ओसारपसार गर्ने क्यान बितरण गरिएको छ ।

गाई तथा भैंसीको दूध उत्पादनको लागि पकेट क्षेत्र मानिने कटहरिया १ झौवा गाउँमा बिहीबार आयोजित कार्यक्रमका प्रमुख अतिथी मेयर सियाराम कुश्वाहाले ४० जना दुग्ध उत्पादक किसानलाई क्यान बितरण गर्नु भएको हो ।

कृषकहरूको लागि दूध क्यान वितरण कार्यक्रममा झौवा,बरेडवा,विर्तीका ४० जाना कृषकहरुलाई दूध क्यान नगरपालोकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भयो ।

उक्त अवसरमा स्थानीय दर्जनौं किसान,राजनीतिक दलका कार्यकर्ता तथा आईटी आर्मिका जिल्ला संयोजक नरेश साह तुरहाको समेत उपस्थिति रहेको मेयर कुश्वाहाका पिए महेश यादवले कटहरिया एफएम लाई जानकारी दिनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।