मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको कटहरियामा ११२ औ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न

शेयर००

रबिन्द्र प्रजापति, फागुन २४ गते रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाले ११२ औं नारी दिवस एक कार्यक्रम गरि भव्य रुपामा मनाएका छन
मंगलवार नगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रम बिच नगर प्रमुख सियाराम कुशवाहाले नगर भरीका सम्पुर्ण महिला स्वेमसेविका हरुलाई दोसाला ओढाई सम्मान साथ नारी दिवस मनाएका छन ।
समाजिक न्याय र लैङ्गकि समानता दिगो विकासको सुनिश्चिता ११२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगर प्रमुख कुशवाहाले शुभकामना अदान प्रदान समेत गरेको छ।
नारी दिवसको अवसर पारेर मेयर कुशवाहाले नगर भरिका ५४ महिला स्वेमसेविका हरुलाई एक थान मोबाईल एक थान छाता एक थान टर्च लगायत दोसाला ओढाई सम्मान साथ उक्त समाग्री वितरण गरिएको नगरपालीका जिन्सी प्रमुख छोटेलाल मिश्रले जानकारी दिनुभयो ।
कार्यक्रममा ग्रामीण महिलाहरुको बिशाल जुलुसबाट शुरू भएको उक्त कार्यक्रम सभामा परिणत भई बिभिन्न वक्ताहरुले महिलाको हकहितमा आ–आफना महत्वपूर्ण बिचार राखेंका थिए ।
नगरपालिकाको प्राङनमा आयोजित सो कार्यक्रममा कटहतिया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजकुमार साह,वडा अध्यक्ष हरिअभजन साह,
वडा अध्यक्ष नबध राय यादव नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामप्रकाश साह, योजना प्रमुख रामनरेश यादब ,जिन्सी शाखा प्रमुख छोटेलाल मिश्र, आम जनसमुदाय बुद्धिजीवी महिलाहरूको विशेष उपस्थिती रहेको थियो ।

kataraiya 22
katahariya

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।