मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले दिए राजिनामा

शेयर००

रबिन्द्र प्रजापति, बैशाख ११ गते रौतहट ।
रौतहटको कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष दिएका छन
जिल्लको कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले पदबाट राजिनामा दिएका छन् ।
निर्वाचन आयोगको तालिका अनुसार स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि आईतबार र सोमबार सबै राजनीतिक दलहरुले मनोनयन दर्ता गराउनु पर्ने छ । साथै मनोनयन दर्ता गर्नका लागि पदबाट राजीनामा दिनु पर्ने प्रावधान रहेकोले कुशवाहाले राजिनामा दिएको छ।
अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह समक्ष राजिनामा दिएका हुन् ।
मनोनयन दर्ता गर्नका लागि पदबाट राजीनामा दिनु पर्ने प्रावधान रहेकोले स्थानीय तहका जिम्मेवार प्रतिनिधिहरु धमाधम राजीनामा दिदै छन् ।
उनी नेकपा माओवादी केन्द्र बाट वडा अध्यक्षमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । फेरी पनि सोही पदका लागि एमाले पार्टी बाट उम्मेद्धारी दिने भएका छन्।
उनले भोली सोमबार मनोनयन दर्ता गराउने जानकारी दिएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।