मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको गुजरामा नेकपा एमालेको वडा कमिटी गठन

शेयर००

रबिन्द्र प्रजापति, चैत २६ गते रौतहट ।
रौतहटको गुजरामा नेकपा एमालेको वडा कमिटी गठन गरिएको छ जिल्लाको गुजरा वडा नं. ५ मा वडा कमिटी गठन गरिएको छ । हरक साहको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरिएको हो । जसको उपाध्यक्षमा मोतिन मिया, मोहम्मद आलम, नेकपा एमाले रौतहटका सहसचिव पल्ट चौधरीको प्रमुख आतिथ्यतामा वडा कमिटी गठन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा जनमत बनाउन लाग्नुपर्ने बताए । मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने समेत चौधरीले बताए । सचिवमा चनचन चौधरी सहसचिवमा रुन बहादुर भुजेल , सदस्यमा नुरुस्तार ,सफिउल्लाह लगायत कार्यकर्ता चयन भएको नेकपा एमालेका जिल्ला सदस्य लालबाबु मन्सुरीले जानकारी दिनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।