मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटको गौर स्थित एक होटलमा एक भारतीय मृत फेला

शेयर००

पुष ०६ गते रौतहट । रौतहटको गौर स्थित एक होटलमा एक भारतीय मृत फेला परेका छन् ।
गौर नगरपालिका वडा नं.५ स्थित रहेको होटेल कृष्ण इनमा बिहारको सितामढी बैरगनिया घर भएका कपडा व्यापारी रामदेव गाडीयाका छोरा ३५ वर्षीय प्रवीण गाडिया मृत फेला परेका हुन् ।
बुधबार होटेलको कोठा नम्बर २०९ मा सुतिरहेको अवस्था उनी मृत फेला परेको रौतहट प्रहरीले जनाएको छ ।
अत्यधिक नसालु पदार्थ सेवनबाट गाडीयाको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।