मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटको चन्द्रपुर नगरपालिकाका ५ वडामा ब्याड बोका वितरण

शेयर००

रौतहट १६ असार । रौतहटको चन्द्रपुर नगरपालिकाका ५ ओटा वडाहरुमा ब्याड बोका वितरण गरिएको छ । बुधबार एक कार्यक्रमकाबिच रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ , ७ , ८ ९ र १० का कृषि तथा पशु बस्तुको उत्पादन र बजारीकरण साझेदारी परियोजना अन्तर्गत मुल समुहहरुलाई सो ब्याड बोका वितरण गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । 
चन्द्रपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सोडेक नेपाल रौतहटको सहजीकरणमा सञ्चालित आर्थिक सम्बृद्विका लागि कृषि तथा पशु बस्तुको उत्पादन र बजारीकरण साझेदारी परियोजना अन्तर्गत बोका बितरण गरिएको सोडेक नेपाल रौतहटले जनाएको छ । लोकल बाख्राहरु पालन गर्दा कृषकहरुलाई खासै फाइदा नहुने भएकाले उन्नत जातको ब्याड बोकाबाट उत्पादन भएका बाख्राबाट भने चाडै लाभ लिन सकिने हुदा कार्यक्रमले प्रभावकारीता बढ्ने हेफर प्रोजेक्ट नेपालले जनाएको छ । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।