मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटको चन्द्रपुर ३ भोलुम्टारमा प्रहरी र सिकारी बिच झडप, एक पक्राउ ।

शेयर००

सागर ठाकुर । रौतहट जेष्ठ ०९ गते ।

रौतहटको वन क्षेत्रमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपको क्रममा एक सिकारी पक्राउ परेको छ ।
गएको वन गस्ती टोली र सिकारी समूहबीच चन्द्रपुर नगरपालिकाको वडाख नम्बर ३ भोलन्टारस्थित वनमा दोहोरी झडप भएको डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको बताउनु भयो ।
वन गस्ती टोलीसँग झडप भएपछि ८ जनाको समूहमा रहेको सिकारीको समूह तितरबितर भएर फरार भएको वन अधिकृत यादवले बताउनु भएको छ ।
झडपको क्रममा फरार हुदै गर्दै वन गस्ति टोलीले चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेको जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झडप भएको यादवको भनाइ रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।