मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको जयनगर नजिक स्कारपिओ जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, पुस १३ गते रौतहट ।

रौतहटको चन्द्रपुर-गौर सडक खण्डको  जयनगर नजिक स्कारपिओ जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।
चारजनाको घटनास्थलमा नै र २ जनाको उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटना हुदा गाड़ी भित्र रहेका ९ जना मध्य ६ जनाको मृत्यु भएको हो   । तीन जना घाइते छन । मृतक सवै गढीमाइ नपा ३ का रहेका छन ।
उनीहरु रौतहट को गढीमाइ नपा पर्सागम्हरिया बाट परोहा नगरपालिका को नरकटिया टोल जान्ती गएका थिए ।
बिवाह कार्यक्रम सकेर  घर फर्कने क्रम मा जीपका यात्रु  मध्ये १६ बर्षीय सेख नौसाद,२२ बर्षीय सेख सैनुल्लाह,५५ बर्षीय मारूफ मिया अंसारी र २५ बर्षीय  सेख छोटु भन्ने अफ्ताव, शेख असरद र शेख अब्लेस  को मृत्यु भएको गरुडाका डिएसपी श्रीराम भण्डारीले जनाएका छन ।
जीप सडक किनारको  बिजुली को पोल मा ठक्कीएर दुर्घटना भएको डिएसपी भण्डारी ले जानकारी दिए ।
जन्ती  चढेको भारतीय नम्वरको  बिआर ०५ पिए ६९५३   नम्बरको  स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको हो ।
  घाइते एक जनाको नेशनल मेडिकल बिरगजमा शेख अजिबुल्लाह र दुइजना शेखअलफाज र शेख अमानत को  गरुडा स्थित ग्रान्डी अस्पताल मा उपचार भैरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।