मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको डुमरियामा आगलागी हुदा डेढ लाख मुल्यबराबरको क्षति

शेयर००

रौतहट असोज २० गते
रौतहटमा मंगलबार राती आगलागी हुदा लाखौं मुल्य बराबरको क्षति भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं.९ डुमरियामा मंगलबार राति करिब ३ बजेको समयमा सो आगलागी भएको हो ।
स्थानिय ५० बर्षिय सुरेन्द्र राय यादवको गाई गोठमा बालिएको घुरबाट आगो सलकियर आगलागी हुदा घर पुर्ण रुपमा जलेको स्थानियहरुले बताएका छन । गोठमा आगलागी हुदा भित्र बान्धिएको गोरु जलेर घाईते भएका छन । त्यस्तै गोठ भित्र बान्धिएका बस्तुहरुलाई बचाउन गोठ भित्रनै रहेका यादव जलेर घाईते भएका स्थानिहहुरुले बताएका छन ।
काठ र परालबाट बनाएको घरमा आगलागी हुदा करिब डेढ लाख मुल्यबराबरको क्षति भएको पिडितले बताउनु भयो ।
स्थानियबासीको सहयोगमा करिब चार बजेको समयमा आगी बुझाईएको स्थानियहरुले बताएका छन ।
आागलागीमा परी घाईते हुनु भएका यादवलाई उपचारको लागि बिरगंज स्थित नारायणी उप क्षेत्रिय अस्पतालमा लगिएको ईलका प्रहरी कार्यलय कटहरियाका सई बिरेन्द्र यादवले जानकारी दिनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।