मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटको फतुवा विजयपुरमा सडक बत्ति जडान

शेयर००

रौतहटको फतुवा विजयपुरमा सडक बत्ति जडान गरिएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा १ का विभिन्न गाउँमा सडक बति जडान गरेसँगै स्थानियमा भने खुशी छाएको छ ।
वडा नम्बर १ का वडा अध्यक्ष सन्जय साहको पहलमा बरगिनिया, घुसुकपुर ,गमहरिया र बांकेपुर टोलमा बिधुतको पोल पोलमा बति जडान गरिएको जनाइएकको छ ।
दिपावली र हिन्दुहरुको लोकपर्व छठलाई लक्षित गरी वडालाई झिलिमिली बनाउने उदेश्यका साथ कुल १६ लाख रुपैयाँको लागतमा सडक बती जडान भएको वडा १ का अध्यक्ष सन्जय साहले बताउनु भयो ।
सो वडा भरिमा कुल १५० थान सेन्सर भेपर बति र १५० सिएफएल वत्ति जडान भएको वडा अध्यक्ष साहले जानकारी दिनुभयो ।
सडकमा रातभर बत्ति बल्ने भएपछि स्थानियमा हुन सक्ने विभिन्न अपराधिक घटनाहरु केही हदसम्म कमी आउनेमा विश्वस्त रहेको बताएका छन

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।