मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटको बलरी भोटेटोलमा खुल्याम रुपमा मदिरा उत्पादन

शेयर००

रबिन्द्र प्रजापति, मंसिर २२ गते रौतहट ।

रौतहटको बलरीको भोटेटोलमा खुल्याम रुपमा मदिरा उत्पादन भई रहेको र प्रहरीको ध्यान कता रहेको स्थानीयहरुले बताएका छन ।
जिल्लको बृन्दावन नगरपालिका वडा नं–१ स्थित बलरीको भोटेटोलमा खुल्याम मदिरा उत्पादन गरे र जिल्लाको विभिन्न स्थानमा ओसार पसार हुने गरेको स्थानियले बताएका छन् ।

बृन्दावनको भोटेटोलमा खुल्याम रुपमा मदिरा बनेपनी ईलाका प्रहरी कार्यालय गरुडा वा बिश्रामपुर प्रहरी चौकीले रोक्ने प्रयास समेत नगरेको स्थानियले गुनासो गरेका छन् । उनिहरुले कच्चा पदार्थबाट मदिरा उत्पादन गरेर जिल्लाको विभिन्न स्थानमा ओसार पसार गर्ने गरेको स्थानियले बताएका छन ।

यता मदिरा उत्पादनले स्थानियवासिन्दा आतंकीत बनेका छन ।

बलरीको भोटेटोलको मदिरा सेवन गर्न जिल्लाको विभिन्न स्थानबाट मदिरा सेवन कर्ताहरु आउनेगरेको स्थानीयको भनाई रहेको छ ।

स्थानीयले सो गाउँमा बनिरहेको मदिरा तत्काल रोक्नु पर्ने बताएका छन् । मदिरा बनाउन रोक्ने विषयमा सञ्चारकर्मीले बिश्रामपुर प्रहरी चौकी सँग बुझदा प्रहरीले पटक–पटक मदिरा उत्पादन बन्द गर्न भने पनि भोटे वस्तीले नटेरेको बताएका छन् । मदिरा उत्पादन न रोक्नुको मुख्य कारण गाउँकै केही पद अधिकारी व्यक्तिहरुको मिलोमतो रहेका कारण मदिरा उत्पादन नरोकेको स्थानियको भनाई छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।