मुख्य सामग्रीमा जानुहोस्
१४ मंसिर २०८३, सोमबार
१४ मंसिर २०८३, सोमबार

रौतहटको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज आजदेखी सञ्चालन

शेयर००

रौतहटको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज आजदेखी सञ्चालन भएको छ । जिल्लाको कटहरिया नगरपालिका ८ पिप्रा पोखरीयामा अवस्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज यस वर्षको लागि आजदेखी सञ्चालन भएको छ ।

उद्योग सञ्चालनको लागि आज मिलको ढोंगाको पुजा गरिएको छ । उद्योग सञ्चालनको निमित्त आज मिलको ढोंगाको पुजाआजा गरिएको छ । ढोंगाको पुजा भएसँगै यस वर्षको लागि मिल विधिवत रुपमा आजदेखी उखु क्रसिङ गर्न सुरु शुरु गरेको छ । दुई वर्ष अघि सञ्चालनमा आएको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजको दैनिक २५ हजार क्वीन्टलसम्म उखु क्रसिङ गर्ने क्षमता रहेको छ ।

यस वर्ष १० देखी १५ लाख क्वीन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्यका साथ मिल आजदेखी सञ्चालन गरेको उद्योगपछि बैजु बाबराले जानकारी दिएका छन । मिलले गत वर्ष साढे ६ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकोमा ५ लाख क्वीन्टलसम्म उखु क्रसिङ गरेको उद्योगपति बाबराले बताएका छन । गत वर्ष जस्तै यस वर्ष पनि किसानहरुलाई उखु खरिद गरेको १५ दिन भित्रमै भुक्तानी दिने उद्योगपति बाबाराले बताए ।

अन्य चिनि उद्योग जस्तै यस मिलमा उखु खरिद गरेवापतको भुक्तानी दिन कुनै समस्या नहुने उनले बताए । मिलले गत वर्ष पनि किसानहरुलाई उखु खरिद गरेको १५ दिनमै भुक्तानी दिएको थियो । रौतहटमा दुई वटा चिनी उद्योग रहेको छ । दुई वटामध्ये सबभन्दा ठुलो उद्योगको रुपमा रहेको श्रीराम सुगर मिल्स गरुडा गत वर्षदेखी बन्द रहेको छ ।

गरुडामा श्रीराम सुगर मिल्स र पिप्रा पोखरीयामा बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज गरी यस जिल्लामा दुईवटा चिनि उद्योग रहेको छ जसमध्ये गरुडा मिल बन्द भएको छ । मिल्स घाटामा गएको भन्दै गरुडा श्रीराम सुगर मिल्स प्रशासनले गत वर्ष सुचना नै निकालेर मिल्स सधैका लागि बन्द भएको जनाएको थियो ।

गरुडा मिल्स बन्द रहेको अवस्थामा बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज आजदेखी सञ्चालन भएपछि रौतहटेली किसानहरु निकै खुसी भएका छन । गरुडा मिल्स बन्द हुँदा निरास भएका उखु किसानहरु बाबा बैजुनाथ सुगर मिल्स सञ्चालन भएपछि हर्षित भएका छन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।

सम्बन्धित समाचार

लोकप्रिय

ट्रेन्डिङ