मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटको भैसहिमा एक घरमा आगजनी गर्ने ब्यक्ती पक्राउ

शेयर००

सागर संगम ठाकुर । रौतहट जेठ २५ गते ।

images-1

रौतहटको फतुआ बिजयपुर नगरपालिकामा एक घरमा एक जना स्थानियले आगजनी गरेका छन । आपसी बिवादका कारण वडा नम्बर ११ बस्ने स्थानिय सिकिन्द्र महत्तोको घरमा सोमबार परोहा नगरपालिकाको वडा नम्बर ६ बसन्तपटीका मनोज महत्तोले आगजानी गरेर फरार भएको पिडित सिकिन्द्र महत्तोले बताउनु भयो ।
मनोज महत्तो र सिकेन्द्र महतो दुबै जना साढु भाई रहेको र लामो समयदेखि दुवै जना बिच बिवाद चलिदै आएको बेला मनोजले सिकेन्द्रको घरमा आगो लागाई मनोज फरार भएको पिडित सिकिन्द्र महत्तोले बताउनु भयो ।
आफनो घरमा आगजानी गरि फरार भए पछि निजको बारेमा ईलका प्रहरी कार्यलय लक्षमिनियामा खबर गरे पछि प्रहरीले निज मनोजलाई खोलतलासको क्रममा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाका प्रहरी निरिक्षक बिष्णु बिकले जनाकारी दिनु भयो ।
पक्राउ परेका मनोजलाई हिरास्तमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सो आगजानीबाट करिब २ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको पिडित सिकेन्द्र महत्तोले बताउनु भयो ।
स्थानिय र प्रहरीको रोहवरमा सो आगलागी नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक बिकले जानकारी दिनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।